नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना : एक बालकसहित तीन जनाको ज्यान गयो

काठमाण्डौ । रौतहटको गरुडा नगरपालिका–६ ठीयाहीबाट भारतको झारखण्डमा रहेको बाबा बैधनाथ र बासुकीनाथ दर्शन गर्न गएका यात्रु चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा एक बालकसहित तीन जनाको ज्यान गएको छ । ४५ जनाभन्दा धेरै यात्रु घाइते भएका छन् । रौतहट गरुडाका नवल चौधरी र उहाँकी श्रीमती तथा राजेश महतोका १४ वर्षीय छोरा शिवम महतोको ज्यान ग वरण प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

ना ६ ख १५५४ नम्बरको बस दुर्घटनामा तीन जना नेपाली तिर्थालुको ज्यान गएको भारतीय सञ्चारमाध्यमले पनि जनाएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search