काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले पार्टीको आन्तरिक एकता बलियो बनाउनुपर्ने बताउनुभएको छ । यसका लागि आफ्नो प्रमुख दायित्व रहेको उहाँको भनाइ छ । आजदेखि काठमाण्डौमा शुरु भएको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले पार्टी एकीकृत भए कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्नुभयो । सम्बोधनका क्रममा डा. कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसङ्गहरू स्मरण गर्नुभयो ।
देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्तालाई स्वागत गर्दै कोइरालाले पार्टीभित्रको उत्साह र एकताले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड दिनुभयो ।











