काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । भट्टले आज बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढीमा पुगेर मुख्यमन्त्री पदका लागि दाबी पेस गर्नुभएको थियो ।
उहाँलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गर्नुभयो । दाबी पेसपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै नियुक्ति पत्र प्रदान गर्नुभएको छ । यसअघि हिजो कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि २७ जना सांसदको आवश्यकता पर्छ । नेकपाका (सभामुख र एक जना निलम्बनबाहेक) २० र नेकपा एमालेका ११ सांसद छन् ।











