बाढीले जाजरकोटमा चारवटा घर र झोलुङ्गे पुल तथा कास्कीमा दुईवटा पुल बगायो

काठमाण्डौ । गएरातिको बाढीले जाजरकोटमा चारवटा घर र एउटा झोलुङ्गे पुल बगाएको छ । जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले घर र एक झोलुङ्गे पुल बगाएको हो ।पहिरोले घर बगाए पनि मानवीय क्षति भने नभएको जाजरकोट प्रहरीले जनाएको छ ।

यस्तै मादीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुई वटा पुल बगाएको छ । सशस्त्र प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका ५ र ६ को सिमानामा अवस्थित मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिसहरू आवतजावत गर्नका लागि बनाइएका २ वटा मेटलको पुल बगाएको हो ।

मन्दिरको आधा भाग समेत बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले मन्दिरमा फसेका ३ जनाको उद्धार गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search