सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्न हुँदैन : राष्ट्रपति पौडेल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले देशको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्न नहुने बताउनुभएको छ ।

आज काठमाण्डौमा गणेशमान सिंहको ११०औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको जगमा देशको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्न नहुने बताउनु भयो ।

उहाँले मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद् चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने र यो कुरा यही व्यवस्थामै सम्भव छ भनेर जनतालाई भरोसा जगाउनसक्नु नै अहिलेको आवश्यकता भएको बताउनु भयो । मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसङ्गति हटाउन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले अवसरबाट वञ्चित गरिएका र पिछडिएका जनताको आवाज र असन्तुष्टि सुनेर उनीहरुलाई केन्द्रमा राखेर सरकारका नीति एवम् कार्यक्रमहरु तय गरी लागू गर्नुपर्ने बताउनु भयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search