बझाङमा पानी जमेकाे खाल्डाेमा डुबेर दुई जना बालबालिकाकाे ज्यान गयाे

बझाङ । बझाङमा पानी जमेकाे खाल्डोमा डुबेर आज दुई जना बालबालिकाको ज्यान गएको छ । बित्थडचिर गाउँपालिका वडा नम्बर १ का गगन बोहराका ५ वर्षीय छोरा जेनिस र सन्तोष बोहराकी ६ वर्षीया छोरी प्रिन्साको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उनीहरू शौचालयका लागि पानी सङ्कलन गर्न बनाएको खाल्डोमा डुबेका हुन् । प्रहरीकाअनुसार खेल्दा खेल्दै उनीहरू पोखरीमा डुबेका हुन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search