काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुख्य सचेतकमा कविन्द्र बुर्लाकाेटीलाई चयन गरेकाे छ । आज बसेकाे संसदीय दलकाे बैठकले बुर्लाकाेटीलाई सचेतकमा चयन गरेकाे हाे । बुर्लाकोटी गोरखा–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।
यस्तै रास्वपाले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेकाे छ । परियार र धिताल दुवै समानुपातिक प्रणालीबाट निर्वाचित हुनुभएको हो ।











