रविविरुद्धको सङ्गठित अपराधको अभियोगपत्र फिर्ताका लागि काठमाण्डौ जिल्ला अदालतको अनुमति

काठमाण्डाै । काठमाण्डौ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ ।

न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको निवेदनअनुसार सङ्गठित अपराधको मुद्दा फिर्ता लिन आज आदेश दिएको हो । इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो ।

इजलासले लामिछानेको सहकारी ठगीसम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेसहित छविलाल जोशी, जीबी राईसमेतलाई विपक्षी बनाइएको थियो ।

यसअघि पर्सा र रुपन्देही अदालतले सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा फिर्ताको अनुमति दिएका थिए ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search