काठमाण्डौ । इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’ भएका छन् । अमेरिका र इरानबीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्ताबीच दुई पक्षबीच हिजो सहमति भएको बीबीसीले जनाएको छ ।
एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिज्बुल्लाह समूह युद्धविराम गर्न सहमत भएको बताउनुभएको छ । तर इजरायलका एक सैनिक प्रवक्ताले युद्धविराम कार्यान्वयनमा रहेको तर ‘आदेश पाए सेनाले पुनः सैन्य कारबाही’ गर्ने प्रतिक्रिया जनाएका खबरमा उल्लेख छ । लेबनानले पछिल्लो इजरायली हवाई आक्रमणमा कम्तीमा ४७ जनाको ज्यान गएको बताएको छ ।
गएको फेब्रुअरी अन्त्यमा इरानका सर्वोच्च नेता इजरायली आक्रमणमा मारिएपछि हिज्बुल्लाहले इजरायलमा रकेट आक्रमण गरेको थियो । त्यसपछि मार्चको शुरुआतमा इजरायल, अमेरिका र इरानबीचको युद्धमा लेबनान पनि तानिएको थियो ।











