काठमाण्डौ । विद्यार्थीहरूको समूहले आज बिहान मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । राज्यबाट नागरिकलाई त्रसित गर्ने र आतङ्क मच्चाउने गतिविधि भएका भन्दै उनीहरूले नाराबाजी गरेका छन् । अनेरास्ववियुका नेता दीपक धामीलगायतको नेतृत्वमा विद्यार्थीको समूहले प्रदर्शन विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेपछि धामीसहित केही प्रदर्शनकारी पक्राउ परेका छन् ।











