शेयर बजार १४ अङ्कले बढेर २ हजार ५९० विन्दुमा

काठमाण्डाै । शेयर बजार लगातार दोस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ अङ्कले बढेर २ हजार ५९० दशमलव २९ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड र लगानी बाहेक सबै समूहको उपसूचक बढेकोमा विकास बैंक र निर्जीवन बीमा समूह १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज १९६ वटा कम्पनीको शेयर बढेकोमा ५९ वटाको घटेको छ । यस्तै १९ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । आज कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर झन्डै १३ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन उपकार लघुवित्तको शेयर ७ दशमलव ३२ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ८ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३६२ वटा कम्पनीको ८४ लाख ७३ हजार कित्ता शेयर ४ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search