काठमाण्डौ । राहदानी सेवा असार २४ गते देखि केही दिन बन्द हुने भएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले अहिलेको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको जनाएको छ ।
विभागले सूचना निकालेर हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला/ईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुने जनाएको हो ।
जिल्ला/इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म ३ दिन बन्द हुनेछ । त्यसैगरी, राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुनेछ ।
साथै, यही असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा शुरु हुने विभागले जानकारी दिएको छ ।











