मकालु गाउँपालिका वडा नं. ६ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मकालु गाउँपालिका वडा नं. ६ को चालु आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मकालु गाउँपालिका वडा नं. ६ को आयोजना तथा मकालु एड्भटाइजिङ प्रा. लि. को सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडाको आर्थिक वर्ष भरिमा सञ्चालित विकास निर्माण, पुर्वाधार योजना, कृषि, पशुपालन, स्वास्थ्य, शिक्षा लगायत विषयको प्रतिवेदन वडा सचिव बलिराम नाछिरिङ राईले प्रस्तुत गर्नु भएको थियो । यस्तै नागरिक सर्वेक्षण प्रतिवेदन नविनकला जैरुले प्रस्तुत गर्नु भएको थियो ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले वडा कार्यालयको सेवा प्रवाह, विकास योजना लगायतका विषयमा प्रश्न तथा सुझाव राखेका थिए भने उठेका प्रश्नको वडा सचिव राई, वडा अध्यक्ष नरेन्द्र मेवाहाङले जवाफ राख्नु भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष मेवाहाङ, वडा सदस्यहरु तारादेवी विश्वकर्मा, थुप्रिमाया राई, चन्द्रध्वज राई, वडा सचिव राई, कार्यालय सहायक सन्तोष राई, कार्यालय सहयोगी पुष्पा राई, विभिन्न कार्यालयका प्रतिनिधि, शिक्षक, नागरिक अगुवा र स्थानीय नागरिकको उपस्थिती रहेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search