कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपामा

काठमाण्डाै । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीरलाई अहिले श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपा ललितपुरमा राखिएको छ ।

पार्टीका सभापति गगन थापा, रास्वपाका सभापति रवि लामिछाने, नेकपाका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले सानेपा पुगेर श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । पार्थिव शरीरमा सभापति थापाले पार्टीको झण्डा ओढाउनुभयो ।

श्रद्धाञ्जलीपछि श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ । ८३ वर्षका श्रेष्ठको उपचारका क्रममा हिजो निधन भएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search