बाढी पहिरो तथा सुकुमबासी आवास व्यवस्थापन कार्यक्रम अर्न्तर्गत मकालु ३ का ५ परिवारलाई धनि पुर्जा वितरण

मकालु । संखुवासभाको मकालु गाउँपालिका वडा नं. ३ मा बाढी पहिरो तथा सुकुमबासी आवास व्यवस्थापन कार्यक्रम २०८१ अन्तर्गत ५ घर परिवारलाई धनि पुर्जा वितरण गरिएको छ । मकालु ३ निपानेमा गत २०८१ असारमा अविरल वर्षाका कारण बाढी पहिरोले ५ घर विस्तापित भएका थिए ।

मकालु ३ निपानेका रामलाल राई, सुवास बहादुर राई, रुपेन्द्र राई, सुर्जा बहादुर राई, जितमान राईलाई सुरक्षित स्थानमा सार्ने उद्धेश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको वडा नं. ३ का वडा अध्यक्ष बद्री बहादुर राईले जानकारी दिनुभयो ।

विस्तापित परिवारलाई जनही २ कोठे घर बनाई नजिकैको आवश्यक ५ लाख ५० हजार बराबर रकम चन्दा दाताहरुबाट संकलन गरिएको थियो । उक्त रकम संकलनका चन्दा दाताहरु मकालु ३ गढीका छिरिङ शेर्पाले नगद ३ लाख २५ हजार, मकालु १ वालुङका मिङमा शेर्पाले १ लाख, मकालु ३ एकुवाका लाक्पा नुर्वु शेर्पाले १ लाख, मकालु ३ बाकलेकका फूर्वा ओङदी शेर्पाले २५ हजार सहयोग गरेका हुन् ।

विस्थापित परिवारलाई आवास व्यवस्थापनमा सहयोग गर्ने सहयोगी दाताहरुप्रति वडा अध्यक्ष राईले धन्यवाद व्यक्त गर्नुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search