आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

आज सुनको भाउ घटेको छ । चाँदीको भाउ भने बढेको छ । हिजोको तुलनामा सुन आज तोलामा एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ८४ हजार २०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको ४ हजार ३२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search