कपिलवस्तुमा ट्रककाे ठक्करबाट ३ जनाकाे ज्यान गयाे

काठमाण्डाै । कपिलवस्तुमा ट्रकको ठक्करबाट ३ जनाको ज्यान गएको छ । तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकअन्तर्गत महाराजगञ्ज नगरपालिका वडा नम्बर २ गैँडहवा चोक नजिकै ट्रकले साइकलयात्री र पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान सवा ७ बजेतिर तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा स्थानीय बासिन्दा १२ वर्षका आनन्द कहार तथा महाराजगञ्ज–३ का ७५ वर्षीय घोल्लर कुर्मी र ४५ वर्षीय विजयकुमार बनियाँको ज्यान गएको हो ।

दुर्घटनापछि स्थानीय बासिन्दाले आक्रोश व्यक्त गर्दा बिहान दुर्घटनास्थल तनावग्रस्त बनेको थियो । अहिले अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search