काठमाण्डाै । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेतासमेत रहनुभएका शाहीले आज प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ लिनुभएको हो । उहाँ कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्नुभएको छ ।
शाहीले हिजो नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार बनाउन २१ सांसद आवश्यक पर्छ । शाहीलाई नेकपाका १४ र एमालेका १० गरी २४ जना सांसदको समर्थन छ । उहाँले आजै पदभार सम्हाल्नुभएको छ ।
एमालेका यामलाल कँडेलले राजीनामा दिएपछि शाही मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।











