काठमाण्डाै । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । सुनसरी घटनाको विरोधमा मधेशका विभिन्न जिल्लामा प्रदर्शन फैलिन थालेपछि कार्यालयले गोलबजार नगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
आज दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू रहने सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । कर्फ्युकाे अवस्थामा घरबाहिर निस्कनसमेत अनुमति हुँदैन । तर कर्फ्युकैबीच प्रदर्शनहरू भइरहेका छन् ।











