सिरहा गोलबजारको एबी मलमा आगजनी

काठमाडौं । सिरहामा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका छन् । बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको छ ।

यसैबीच सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मल जलाइएको हो । प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search