मकालु । संखुवासभाको मकालु गाउँपालिका वडा नं. २ को आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ । मकालु गाउँपालिका वडा नं. २ को आयोजना तथा मकालु एड्र्भटाइजिङ प्रा.लि.को सहजिकरणमा स्थानीय नागरिकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चालु आर्थिक बर्षमा सम्पन्न योजना, विकास निर्माण, सेवा प्रवाह सम्बन्धि जानकारी गराइएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय नागरिकले सेवा प्रवाह, योजना बाँडफाँड, विकास योजनाको कार्यान्वयन, पूर्वाधार निमार्ण तथा कृषि, स्वास्थ्य लगायत सामाजिक क्षेत्रसँग सम्बन्धित विभिन्न, जिज्ञासा, गुनासो तथा सुझाव राखेका थिए । सहभागीहरुले उठाएका प्रश्नहरुको वडा अध्यक्ष, वडा सचिव, स्वास्थ्यकर्मी लगायत सरोकारवालाहरुले जवाफ दिएका थिए ।
चालु आर्थिक वर्ष २०८२ साउन १ गतेदेखि २०८३ असार ११ गतेसम्ममा मालपोत भूमिकर १ लाख १६ हजार २ सय ९१ रुपैयाँ ५५ पैसा र नगदी रसिदबाट ३ लाख ८९ हजार २ सय ३५ रुपैयाँ ७६ पैसा राजस्व संकलन गरिको वडा सचिव सुवास राईले जानकारी दिनुभयो । हालसम्म वडा नं. २ मा ५ लाख ५ हजार ५ सय २७ रुपैया ३१ पैसा राजश्व संकलन भएको वडा सचिव सुबास राईले प्रसतुत गर्नु भएको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष छोपाल शेर्पा, वडा सदस्य नरेन्द्र कुमार राई, दिप कुमार खम्बु, वडा सचिव राई, कार्यालय सहायक विक्रम पराजुली, मकालु स्वास्थ्य चौकी प्रमुख विकास शाही, मकालु प्रहरी चौकी प्रमुख भोजराज देवकोटा, विभिन्न टोलका टोल अध्यक्षहरु, विभिन्न विद्यालयको शिक्षकहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।











