मांसिमा गाउँ सडक सञ्जालमा जोडियो

मकालु गाउँपालिका वडा नं. ५ मांसिमा गाउँमा सडक पुगेको छ । वर्षौँ देखि मांसिमा बासीको प्रयास पहिलो पटक शुक्रबार सफल भएको छ । मांसिमा एक पर्यटकीय स्थल तथा स्वास्थ्य वद्र्धक मानिएको ताकमारु धान उत्पादनको केन्द्र भए पनि हालसम्म सडक पुगेको थिएन । सडक पुगेसंगै स्थानीय हर्सित भएका छन् ।

उनीहरुको अपेक्षा अब मांसिमालाई पर्यटकीय हबको रुपमा विकास गर्ने रहेको छ । नजिकै रहेको भाटभोटेनी डाँडा, गुन्यहाङ पर्वत, नजिकै देखिने मकालु हिमाल र पाँचपोखरी हुँदै सभापोखरीलाई धार्मिक पर्यटकीय स्थलको रुपमा जोड्ने लक्ष्य अनुरुप काम भइरहेको स्थानीय ज्ञान बहादुर गुरुङले बताए । मांसिमामा उत्पादन भएका ताकमारुलाई अब निर्यात गर्न सहज भएको गुरुङको भनाई छ ।

मांसिमालाई लक्षित गरी मकालु गाउँपालिकाले २०७६ साल देखि सडक निर्माण सुरु गरेको थियो । मकालुको नुम बजार हरेक वर्ष ट्रयाक ओपन र स्तरोन्नतीका लागि खर्च भइरहेको मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले बताए । हाल मांसिमामा निर्माणाधिन अर्धजलाशय इन्दुवा खोला हाइड्रोपावर निर्माण कम्पनी टेश्ला भिजन प्रा.लि.ले सामाजिक विकास कोष अन्तर्गत खर्च हुने गरि ट्रयाक ओपन गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

पुर्व वडा अध्यक्ष जापान गुरुङ मांसिमाका बासिन्दा हुन् । वहाँका अनुसार आफ्‌नो कार्यकालमा नै मांसिमामा सडक पुर्याउनका लागि बजेट विनियोजन गरेर कार्य सुरु गरिए पनि सिमित बजेटका कारण सफल हुन सकेन ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search