कारोबार हुने हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अस्ति शुक्रबारको तुलनामा आज सुन तोलामा एक हजार ९०० र चाँदी ४० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको दुई लाख ८४ हजार र चाँदी तोलाको चार हजार २४० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुन तोलामा दुई लाख ८२ हजार १०० र चाँदी चार हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search