नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै । नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित २ जना र १ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले घुस लिएकाे र सम्पत्ति शुद्धीकरण गरेकाे आराेपमा आज विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे ।

अख्तियारका अनुसार अधिकारीले ठेक्का स्वीकृति, रेखदेख तथा भुक्तानीमा आफ्नो पदको दुरुपयोग गरी ठेकेदार कम्पनीबाट झन्डै १ करोड ७१ लाख रुपैयाँ घुस लिएका थिए । यो रकम लुकाउन उनले श्रीमतीको नाममा ललितपुरमा जग्गा खरिद गरी बैंक कारोबार र राजीनामा लिखतमार्फत रकमको स्रोत वैधानिक देखाउने प्रयास गरेको आरोप छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ अन्तर्गत कसुर पुष्टि भएको भन्दै अधिकारीसहित संलग्न अन्य व्यक्तिविरुद्ध आरोपपत्र दायर गरेकाे अख्तियारले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search