नेप्से लगातार ६ काराेबार दिन बढ्याे, ६ अर्ब ६७ कराेडकाे शेयर किनबेच

काठमाण्डाै । शेयर बजार लगातार ६ कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७.२५ अङ्कले बढेर २ हजार ७२६.४९ विन्दुमा पुगेको छ । आज बैंक, लगानी, उत्पादन तथा प्रशोधन, अन्य र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ ।

आज १०३ वटा कम्पनीको शेयर बढेकोमा १६१ वटाको घटेको छ । यस्तै १३ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । आज एभरेस्ट कलरको शेयर १५ प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन नबिल बैंकको डिबेन्चर झन्डै साढे ७ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३४३ वटा कम्पनीको १ करोड ४९ लाख कित्ता शेयर ६ अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search