विश्व विजेता स्पेन फिफा वरीयताको शीर्ष स्थानमा, नर्वेले एकै पटक १२ स्थान सुधार गर्‍याे

काठमाण्डाै । विश्वकप विजेता स्पेन फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । अस्ति आइतवार बिहान भएको फिफा विश्वकपकाे फाइनलमा अर्जेन्टिनालाई हराउँदै उपाधि जितेपछि स्पेन शीर्ष स्थानमा उक्लिएको हो ।

फिफा वरीयताको दोस्रोमा अर्जेन्टिना, तेस्रोमा फ्रान्स, चौथोमा इङ्ग्ल्यान्ड, पाँचौँमा ब्राजिल, छैटौँमा मोरक्को, सातौँमा पोर्चुगल, आठौँमा बेल्जियम, नवौँमा नेदरल्यान्ड्स र १०औँ स्थानमा मेक्सिको रहेका छन् । माेरक्काे पहिलाे पटक फिफा वरीयताकाे छैटाैँ स्थानमा उक्लिएकाे हाे ।

फिफाको पछिल्लो वरीयतामा नर्वेले एकै पटक १२ स्थान सुधार गर्दै १९औँ स्थानमा उक्लिएको छ । विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको नर्वेले उल्लेखनीय सुधार गरेको हो । यस्तै ट्युनिशिया १२ स्थान तल झर्दै ५७औँ स्थानमा पुगेको छ ।

फिफा वरीयतामा नेपाल १७७औँ स्थानमा यथावत् छ । सार्क देशमा नेपालभन्दा तल बङ्गलादेश १८१औँ, श्रीलङ्का १८७औँ, भूटान १९२औँ र पाकिस्तान १९८औँ स्थानमा छन् । सार्क देशमा नेपालभन्दा माथि भारत १३८औँ, अफगानिस्तान १७१औँ र माल्दिभ्स १७३औँ स्थानमा छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search