प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध उजुरी

काठमाण्डाै । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध संसदीय समितिमा एउटा उजुरी परेकाे छ । एउटा उजुरी परेकाे छ । मात्र एक उजुरी परेको छ भने प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाविरुद्ध कुनै उजुरी परेको छैन । आज बसेको संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकले कार्कीविरुद्ध परेको उजुरी खोलेर सदस्यहरूलाई वितरण गरेको हो ।

समिति सभापति बाेधनारायण श्रेष्ठका अनुसार संवैधानिक व्यवस्थाअनुसार सार्वजनिक सूचना जारी गरी १० दिनभित्र उजुरी आह्वान गरिएकोमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित कार्कीविरुद्ध एउटा उजुरी प्राप्त भएको हो ।

समितिका अनुसार पाल्पाकाे तानसेन नगरपालिका–९ निवासी भेषराज भुइँटेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिश अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्दै उजुरी दर्ता गराउनुभएकाे छ ।

त्यसैगरी ललितपुरका उज्वलकृष्ण श्रेष्ठले संसदीय सुनुवाइको निर्णय प्रक्रिया बहुमत–अल्पमतको सट्टा गोलाप्रथाबाट गर्न सुझाव दिनुभएकाे छ । तर प्रस्तावित पदका लागि आवश्यक सङ्ख्याअनुसार मात्रै नाम सिफारिश भएकाले याे सुझाव सान्दर्भिक नभएको समितिको निष्कर्ष छ ।

समितिले संसदीय सुनुवाइ समितिको कार्यविधि २०८३ को दफा १६ बमोजिम प्राप्त उजुरीमाथि छलफल गर्ने, आवश्यक परे उजुरीकर्तालाई उपस्थित गराउने तथा प्रस्तावित व्यक्तिहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

यसैगरी प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाविरुद्ध कुनै उजुरी नपरेको समितिका सभापति श्रेष्ठले बताउनुभयाे ।

प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइका लागि साउन १२ र १३ गतेको कार्यतालिका तय भएको छ ।

गएकाे असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा निर्वाचन आयुक्तमा वाग्ले र सुब्बाको नाम संसदीय सुनुवाइका लागि सिफारिश गरेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search