काठमाण्डौ । आज ११ जिल्लामा बाढीको मध्यम जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको सूचना अनुसार झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालिकोट, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ । ती जिल्ला र नदी किनार आसपासका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
आज दिउँसो देशका पहाडी भागका केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा मधेस प्रदेशका थोरै ठाउँमा पानी पर्न सक्ने र एक/दुई ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान छ ।
त्यस्तै भोलि र पर्सि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने अनुमान छ ।











