सुनचाँदीको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । आज सुनचाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन तोलाको दुई लाख ८४ हजार ६०० रुपैयाँ थियो । त्यस्तै, आज चाँदी तोलामा ५० रुपैयाँले बढेको छ ।

चाँदीको भाउ आज चार हजार ३७० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलामा चार हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search