रोकिराखेको गाडीमा आगलागी हुँदा कीर्तिपुरमा एक जनाको ज्यान गयो

काठमाण्डाै । काठमाण्डौको कीर्तिपुरमा रोकिराखेको गाडीमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डाैका अनुसार कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा बा ५ च ३०३८ नम्बरको गाडीमा आज बिहान आगलागी भएको हो ।

बिहान सवा ११ बजेतिर रोकिराखेको अवस्थामा गाडीबाट सामान्य धूँवा आएको र बिस्तारै आगलागी ठूलो हुँदै गएपछि गाडीभित्र हेर्दा जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

मृतककाे परिचय खुल्न बाँकी छ । उनकाे शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाबारे अनुसन्धान शुरू भएको प्रहरीले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search